Events

घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तार कार्यक्रम अमलडोल बनेपा १

2025-01-24

अमलडोल बनेपा १

मिति ः २०८१÷१०÷११ गते शुक्रबार यस चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.को नाला सेवा केन्द्रको बार्षिक कार्य योजना अन्र्तगत नाला सेवा केन्द्र उप समितिको संयोजनमा बनेपा वडा नं. ०१ व्याङढुंगा, अमलडोल क्षेत्र लाई लक्षित गरि घरदैलो सहकारी शिक्षा तथा सदस्य बिस्तारीत मंच कार्यक्रम सम्पन्न गरियो । कार्यक्रममा नाला सेवा केन्द्र उप–समिति सदस्य, तथा अन्य सदस्य तथा कर्मचारीको उपस्थीती रहेको थियो । यस कार्यक्रमको प्रमुख उद्देश्य संस्थाले गर्दै आएको कार्यक्रम तथा बचत ऋण सेवाका बारेमा सदस्यलाई जानकारी दिने, निष्क्रिय सदस्यहरुलाई सक्रिय बनाउने तथा सम्भाव्य सदस्यलाई संस्थामा आबद्ध गराउनुका साथै संस्थाको बारेमा सदस्यको सल्लाह सुझाव संकलन गर्नु रहेको थियो । कार्यक्रममा धेरै व्यक्ति चण्डेश्वरी साकोस तथा यस संस्थाले गर्ने कार्यक्रमहरुका बारेमा लगाब लिएको देखिन्छ । संस्थाले प्रदान गरेको डिजिटल मोबाइल बैंकिङ, ब्त्ः साथै त्तच् अयमभ बाट समुदायका सदस्यहरुलाई संस्थामा कारोबार गर्न निकै सहज भएकोले धेरै व्यक्ति चण्डेश्वरी साकोस प्रती सकारात्मक सोच लिएको देखिन्छ ।